कोरोना खोप नलगाउनेलाई चीनले सार्वजनिक स्थानमा प्रवेश नदिने

कोरोना खोप नलगाउनेलाई चीनले सार्वजनिक स्थानमा प्रवेश नदिने

एजेन्सी। चीनले कोरोना खोप नलगाउने स्वदेशी तथा विदेशीलाई सार्वजनिक स्थानमा प्रवेश नदिने भएको छ। कोरोना महामारी नियन्त्रणमा लिन चीनले नयाँ नियम बनाएको हो।

नयाँ नियम आएसँगै विद्यालय, कलेज, अस्पताल, शपिङ मल, सिनेमा हल, क्लब लगायतका सार्वजनिक स्थानमा खोप नलगाउने व्यक्ति प्रवेश गर्न पाउने छैन। एकअर्ब ४० करोडभन्दा बढी जनसंख्या रहेको चीनले यस वर्षभित्र ६४ प्रतिशतलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति:     १ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar