बेलायतमा मास्क अनिवार्यको नियम हट्ने

बेलायतमा मास्क अनिवार्यको नियम हट्ने

एजेन्सी।बेलायतमा कोरोनाको संक्रमण दर बढिरहेका बेला मास्क लगाउने अनिवार्य नियम हटाइने भएको छ।प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनको प्रक्रिया अन्तिम चरणमा पुग्दा प्रतिबन्ध मान्नु व्यक्तिगत इच्छामा निर्भर रहने बताएका छन्।

योसँगै मास्क लगाउन अनिवार्य हुनेछैन भने सार्वजनिक स्थलमा भौतिक दुरीको नियम पालना गर्नुपर्नेछैन।बेलायतमा कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटाउने प्रक्रिया १९ जुलाईबाट सुरु हुनेछ।बेलायतमा कोरोनाबाट १ लाख २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रकाशित मिति:     २२ असार २०७८, मंगलवार  |    Himali Khabar