११२ वर्षीय एमिलियो फ्लोरस माक्र्जेज संसारकै सबैभन्दा जेष्ठ नागरिक

११२ वर्षीय एमिलियो फ्लोरस माक्र्जेज संसारकै सबैभन्दा जेष्ठ नागरिक

काठमाडौं। प्यूर्टोरिकोमा ११२ वर्षीय एमिलियो फ्लोरस माक्र्जेजले विश्वको सबैभन्दा जेष्ठ नागरिकको रुपमा गिनीज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाएका छन् ।

प्यूर्टोरिकोका उखु किसान माक्र्जेजको जन्म सन् १९०८ अगष्ट ८ मा भएको थियो। उनी ११३ वर्ष पुग्नु केही साताअघि उनलाई संसारै सबैभन्दा जेष्ठ नागरिकको पदवी दिइएको हो। उनका चार जना छोराछोरी, पाँच जना नातिनातिना र पाँच जना पनाति रहेका छन्।

प्रकाशित मिति:     २० असार २०७८, आईतवार  |    Himali Khabar