इन्डोनेसियामा बाढीपहिरोबाट मर्नेको संख्या १५० नाघ्यो

इन्डोनेसियामा बाढीपहिरोबाट मर्नेको संख्या १५० नाघ्यो

काठमाडौं, २५ चैत । इन्डोनेसिया र पूर्वी टिमोरमा गएको बाढीपहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या १५० नाघेको छ। त्यहाँका सरकारी अधिकारीहरूले बताएअनुसार अझै दर्जनौँ मानिसहरू हराइरहेका छन्।

अहिलेसम्म इन्डोनेसियामा १३० र टिमोरमा २७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। इन्डोनेसियामा अझै ७० जनाभन्दा बढी मानिसहरू पहिरोमा र बाढीमा परेर हराइरहेका छन्।

प्रकाशित मिति:     २५ चैत्र २०७७, बुधबार  |    Himali Khabar