काठमाडौं । कोरोना भाइरसको महामारीकाबीच पनि ‘मिस नेपाल सुप्रानेसनल २०२०’ आयोजना हुने भएको छ । यही अगस्ट २१ मा हुन लागेको १२ औँ संस्करणमा नेपालको प्रतिनिधित्व सिमल कनौजियाले गर्दै छिन् ।
पोल्यान्डमा आयोजना हुने उक्त ब्युटी प्याजेन्टमा भाग लिन सिमल नेपालबाट पोल्यान्डका लागि उडिसकेकी छन् ।
उनले ५ डिसेम्बर २०२० मा भएको ‘मिस नेपाल’ मा ‘मिस नेपाल सुप्रानेसनल’को ताज पहिरिएकी हुन् । प्रतियोगितामा जानुअघि उनी कोरियाग्राफर रचना रिमाल, द हिडेन ट्रेजरका आधिकारिक फोटोग्राफर राज भाइ सुवाल, आधिकारिक ड्रेस डिजाइनर मनिष राई कासा र रानिज कलेक्नसले गु्रम गरेको थियो ।
पोल्यान्डमा हुने प्रतियोगितामा सिमलले लगाउने पहिरन नमुना कलेजको फाइन आर्टसका विद्यार्थीहरूले तयार पारेका हुन् ।