काठमाडौं । गृहमन्त्रालयले तेस्रो लहरको चेतावनी दिँदै कोरोना संक्रमितको उपचारका लागि आवश्यक संरचना र स्रोत साधनको व्ष्वस्था मिलाउन ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै सबै प्रजिअहरुलाई आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कजेज सूचीकृत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी आइसोलेसन सेन्टर, अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पतालहरु हाल स्थगन गरिएको हुँदा सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यक देखिएको भन्दै मन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पतालहरु र मेडिकल कलेजहरु सूचीकृत गर्न निर्देशन दिएको छ ।