खोप लगाएको ‘क्यूआर कोड’सहितको प्रमाणपत्र अब अनलाइनबाट लिन सकिने

खोप लगाएको ‘क्यूआर कोड’सहितको प्रमाणपत्र अब अनलाइनबाट लिन सकिने

काठमाडौं। खोप लगाएको ‘क्यूआर कोड’सहितको प्रमाणीकरण पत्र अब आवश्यक पर्ने व्यक्ति स्वयंले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटबाट लिन सक्ने भएका छन्। गृह मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सो व्यवस्थाबारे जानकारी दिएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘कतिपय देशहरुले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्र मान्यता दिने गरेको सन्दर्भलाई दृष्टिगत गरी खोप प्रमाणीकरण आवश्यक पर्ने व्यक्ति स्वयंले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको https://vaccine.mohp.gov.np/ अनलाइन प्रणालीमार्फत खोप लगाएको विवरण प्रविष्टि गरी आवश्यक कागजात (खोप कार्ड, राहदानी नम्बर अनलाइन फारममा रहेको कबुलियतनामाको नमूना) अपलोड गरी क्यूआर कोडसहितको प्रमाणीकरण प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।’

प्रकाशित मिति:     ३० श्रावण २०७८, शनिबार  |    Himali Khabar