बिपी प्रतिष्ठानमा अख्तियारको छापा, कागजपत्र नियन्त्रणमा

बिपी प्रतिष्ठानमा अख्तियारको छापा, कागजपत्र नियन्त्रणमा

काठमाडौं । धरानस्थित विश्वेश्वर कोइराला स्वास्थ्य प्रतिष्ठानमा अख्तियारले छापा हानेको छ । अनियमितता भएको खबर सार्वजनिक भए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोली बिहीबार प्रतिष्ठानमा पुगेको हो ।

अख्तियारका अनुसार त्यहाँका कागजपत्र नियन्त्रणमा लिइएको छ । स्थलगत अनुसन्धानपछि मुचुल्का उठाइने अख्तियारले जनाएको छ । काठमाडौं टंगालस्थित कार्यालय र क्षेत्रीय कार्यालयमा पटकपटक उजुरी परेकाले अनुसन्धानका लागि स्थगत रुपमा टोली गएको हो । सरकारले केही साता अघि र अघिल्लो पटक गरेको छानविन प्रतिवेदनमाथि पनि अख्तियारले अध्ययन गरिरहेको छ ।

लामो समयदेखि प्रतिष्ठानमा अनियमितता भएको भन्दै गुनासो आइरहेको थियो । सामग्री खरिददेखि अन्य निर्णयहरुमा पनि अहिले विपी प्रतिष्ठान विवादित बन्दै आएको छ ।

प्रकाशित मिति:     २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar