भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान देशभर सुरु

भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान देशभर सुरु

काठमाडौं । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने भएका छन् ।

भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।

काठमाडौंका सबै पालिकामा खोप केन्द्र तोकिएको छ । आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिने छ । दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय (अनलाइन फारम) दर्ता नम्बर ल्याउनु पर्ने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए ।

प्रकाशित मिति:     २२ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar