बिहीबार ३३ सय कोभिड संक्रमित थपिए, १४ जनाको मृत्यु

बिहीबार ३३ सय कोभिड संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३३६५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ (९५५५ पीसीआर र ४६८७ एन्टीजेन) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बिहीबार थप १४ जनाको मृत्यु भएको छ । १३७३ जना डिस्चार्ज भएका छन् । कूल संक्रमित संख्या ६ लाख ९० हजार छ । कूल मृत्यु ९८०७ छ । कूल निको हुने संख्या ६ लाख ५० हजार छ ।

प्रकाशित मिति:     १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar