वैदेशिक रोजगारीमा जाने र सवारी चालक र सहचालकलाई आजदेखि खोप

वैदेशिक रोजगारीमा जाने र सवारी चालक र सहचालकलाई आजदेखि खोप

काठमाडौं । सरकारले खोप अनिवार्य गरेका वैदेशिम रोजगार गन्तव्यमा जाने नेपाली श्रमिकका लागि खोप लगाउने भएको छ । चीनबाट हालै ल्याइएको खोप वितरणको प्राथमिकतामा उनीहरुलाई राखेको हो ।

खोप मङ्गलबारदेखि दिइने छ । त्यस्तै सार्वजनिक यातायातका चालक सहचालकलाई पनि खोप दिइने जनाइएको छ ।

खोप नपाउँदा वैदेशिक रोजगारीमा जानेहरु समस्यामा रहेका थिए । खाडी मुलुकहरुले खोप नलगाएका श्रमिकलाई १० दिन होटल क्वारेीनटनमा बस्नु पर्ने र खर्च पनि स्वयंले व्यहोर्नु पर्ने नियम बनाएका थिए ।

प्रकाशित मिति:     २९ असार २०७८, मंगलवार  |    Himali Khabar