काठमाडौं । नेपालमा आगामी तीन साताभित्र चीनबाट ३० लाख डोज कोरोना भाइरसविरुद्धको खोप आउने भएको छ । चीन सरकारसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप नेपाल ल्याउन लागि वायु सेवा निगमले उडान तालिका सार्वजनिक गरेको छ ।
निगमका अनुसार पहिलो उडान जुलाई ८, दोस्रो र तेस्रो उडान जुलाई १५ र २२ मा हुने भएको छ ।स्वास्थ्य मन्त्रालयले चीनको बेइजिङस्थित सिनोर्फाम कम्पनीसँग सम्झौता गरेको थियो । मन्त्रालयले असार २४ गतेबाट खोप आपूर्ति हुने जनाएको छ ।