काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका १५ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको बताएको छ। पछिल्ला दिनहरुमा ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या क्रमस घट्दै गएको छ।
बिहीबार मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, नवलपरासी(पूर्व), रुपन्देही र सुर्खेतमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।