उपत्यकामा भौतिक उपस्थितिमा कक्षा सञ्चालन र परीक्षा लिन नपाइने

उपत्यकामा भौतिक उपस्थितिमा कक्षा सञ्चालन र परीक्षा लिन नपाइने

काठमाडौं। काठमाडौं उपत्यकामा अझै एक साता भौतिक उपस्थितिमा विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रले पठनपाठन तथा परीक्षाहरु सञ्चालन गर्न पाउने छैनन्।

उपत्यकाका तीन जिल्लाले भोलीदेखि थप एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेसँगै ती कार्य गर्न नपाउने गरेको हो। “शैशिक संस्थाहरुले अनलाइन तथा भर्चुअल माध्यमबाट पठनपाठन कार्यहरु सञ्चालन गर्न सक्ने,” तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको गरेको निर्णयमा उल्लेख छ ।

प्रकाशित मिति:     १४ असार २०७८, सोमबार  |    Himali Khabar