कोरोना विरुद्धको खोप लगाएर नेपाल आउनेले अब होटल क्वारेन्टिमा बस्नु नपर्ने

कोरोना विरुद्धको खोप लगाएर नेपाल आउनेले अब होटल क्वारेन्टिमा बस्नु नपर्ने

काठमाडौं । कोरोना विरुघको खोप पूरा मात्रामा लगाई हवाई यात्रा मार्फत आएकाहरुले अब सिधै गन्तव्यमा जान पाउने भएका छन् । सरकारले पछिल्लो पटक जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा यस्तो प्रावधान समेटिएको छ ।

नयाँ प्रावधान अनुसार कोभिड विरुद्धको खोप पूरा मात्रा लगाएको प्रमाणपत्र भएका र रिपोर्ट नेगेटिभ भएका हवाई मार्गबाट आउने यात्रुलाई १० दिन स्वक्वारेन्टिनमा बस्ने गरी सिधै घर वा गन्तव्यस्थलमा जान अनुमति दिइने छ । यस्ता यात्रुले विमानस्थलमा भरेको फारमका आधारमा स्थानीय सरकारले उनीहरु क्वारेन्टिन बसे–नबसेको अनुगमन गर्ने भएको छ ।

यसअघि विदेशबाट आउने सबै यात्रुले अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने प्रावधान रहेको थियो ।

प्रकाशित मिति:     १४ असार २०७८, सोमबार  |    Himali Khabar