कोरोनाविरुद्धको अवैध खोप ५ हजारमा बिक्री गरेको खुलासा

कोरोनाविरुद्धको अवैध खोप ५ हजारमा बिक्री गरेको खुलासा

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपालको पूर्वी नाकाबाट कोरोनाविरुद्धको खोप (कोभिशिल्ड) अवैध रुपमा भित्र्याएर लुकिछिपी चर्को मूल्यमा विक्री गर्न थालिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

अवैध रुपमा भित्र्याइएको खोप ३ देखि ५ हजार रुपैयाँसम्म बिक्रीवितरण भइरहेको सूचना आएको मञ्चको भनाइ छ ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आइतबार जारी गरेको विज्ञप्तिमा कोभिसिल्डको पहिलो खोप लगाएका नागरिकहरुले समयमा दोश्रो खोप लगाउन नपाउँदा हतोत्साहित र निराश बनेको स्थितिमा अवैध रुपमा भित्र्याएर कालोबजारी हुन थालेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रकाशित मिति:     १३ असार २०७८, आईतवार  |    Himali Khabar