कोरोनाले रोकिएका परीक्षा साउनभित्रै सक्ने

कोरोनाले रोकिएका परीक्षा साउनभित्रै सक्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना महामारका कारण यसअघि रोकिएका परीक्षा साउनभित्रै सक्ने तयारी गरेको छ। विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका रोकिएका सबै परीक्षा साउन पहिलो साताबाट सुरु गर्ने तयारी गरेको हो।

स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।
विश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तह पहिलो वर्षको परीक्षा सञ्चालन हुनेछ ।

कोरोना महामारीका कारण परीक्षा स्थगित भएपछि त्रिविमा अहिले स्नातक तह प्रथम वर्षमा दुईवटा समूह छन् ।

प्रकाशित मिति:     ९ असार २०७८, बुधबार  |    Himali Khabar