काठमाडौं । विश्व बैङ्कले नेपाललाई ९८२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । विश्व बैङ्कअन्तर्गतको कोभिड–१९ आकस्मिक सम्बोधन र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत १० लिटर क्षमताका कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको हो ।
कोरोना महामारीबाट जुध्दै दीर्घकालीन रूपमा नेपालको जनस्वास्थ्य सुविधाको क्षमता बढाउन कन्सन्ट्रेटर सहयोगी हुने विश्व बैङ्कले जनाएको छ । प्राप्त अक्सिजन कन्सन्ट्रेटर देशका सातै प्रदेशमा आवश्यकताअनुसार उपलब्ध गराइने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले बताए ।
देशका सबै सार्वजनिक स्वास्थ्य संस्थामा अक्सिजनको उपलब्धता बढाउने गरी क्षमता विस्तारमा सरकार लागिरहेको पनि उहाँले जानकारी दिनुभयो ।