चीनले अनुदानमा दिने खोप लिन सोमबार वाइडबडी पठाउने तयारी

चीनले अनुदानमा दिने खोप लिन सोमबार वाइडबडी पठाउने तयारी

काठमाडौं । चीनले अनुदानमा दिने १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार बेइजिङ पठाउने तयारी शुरु गरिएको छ ।
नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलका अनुसार वाइडबडी जहाज ए३३० जहाज सोमबार बेइजिङ पठाउने तयारी छ ।

राष्ट्रपति विद्यादेवि भण्डारी र चिनियाँ समकक्षीबीचको टेलिफोन वार्तापछि चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने जनाएको छ।

प्रकाशित मिति:     १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar