१८ वर्षपछि डा. दिपकले छाडे शहीद मेमोरियल, अब नेपाल नेशनलबाट सेवा दिने

१८ वर्षपछि डा. दिपकले छाडे शहीद मेमोरियल, अब नेपाल नेशनलबाट सेवा दिने

काठमाडौं । वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. दिपक श्रेष्ठले कलंकीस्थित नेपाल नेशनल हस्पिटलबाट सेवा सुरु गरेका छन् । हस्पिटल व्यवस्थापनले आइतबार विशेष कार्यक्रम आयोजना गरि डा.श्रेष्ठलाई स्वागत गरेको हो ।

डा.श्रेष्ठ विगत १८ वर्षदेखि कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा सेवारत थिए । तर पछिल्लो समय अस्पताल संचालक समितिका केही व्यक्तिहरुले उहाँलाई सेवा दिन गर्न अवरोध गर्दै आएका थिए । प्रमुख कार्यकारी अधिकृतको समेत भूमिका निर्वाह गरेर अस्पतालको सेवालाई प्रभावकारी बनाई सेवाग्राहीको रोजाईमा पार्न सफल डाक्टरलाई अध्यक्षलगायतका केही व्यक्तिले काम गर्न अवरोध गरेपछि अस्पताल छोड्नु परेको उहाँले बताउनुभएको छ। तर अहिले पनि उहाँ त्यहाँको ठुलो शेयर सदस्य नै हो। निकै दुख गरेर शाहीदमा २९ जनाबाट १३६ जना स्टाफ बनाउन सफल भएको दाबी गर्नुभयो ।

आइतबार नेपाल नेशनल हस्पिटलबाट सेवा गर्दै उहाँले सबैंको साथ र सहयोगको अपेक्षा गर्नुभयो । हस्पिटलको सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता पनि जनाउनुभयो । सेवा सुरु गरेको यो अवधीमा उहाँले १० हजार विरामीको सफल अप्रेसन र १ लाखभन्दा बढी बिरामीको उपचार गरिसक्नु भएको छ ।


‘मैले कहिल्यै पनि पैसालाई प्राथमिकता दिईन, पैसाको मात्रै पछि कुदेको भए १, २ वटा हस्पिटल त बनाउन सक्थे होला र तर मेरो सधै प्राथमिकतामा बिरामी हो । र, अस्पतलाको कर्मचारीहरु नै हुन । अस्पतालका कर्मचारीको साथ र सहयोग भयो भने मात्र हामी सफल हुन्छौं ।’ उहाँले भन्नु भयो ।

सबैको मेहनतले मात्र सेवा राम्रो हुने बताउनुभयो । ‘यो अस्पिटलका सबै कर्मचारीले यो मेरो हस्पिटल हो भनेर सोच्नुपर्छ । जब हामीले मेरो भन्छौ अनि बल्ल माया लाग्छ । हाम्रो भन्नेलाई माया लाग्दैन । हाम्रो भन्ने मान्छे स्वार्थी हुन्छ ।’ उहाँले भन्नुभयो, ‘हरेक कर्मचारीले यो नेपाल नेशनल हस्पिटल चाही मेरो हो भन्ने सोचेर काम गरौं ।’

प्रकाशित मिति:     ५ माघ २०८२, आईतवार  |    Himali Khabar