पाँच देशका लागि नो अब्जेक्सन लेटर दिन बन्द

पाँच देशका लागि नो अब्जेक्सन लेटर दिन बन्द

काठमाडौं । सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी गर्न बन्द गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गरी जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा लागि नो अब्जेक्सन लेटर दिन स्थगित गरिएको जनाएको छ ।

कोरोनाको संक्रमण बढिरहेकाले बिहीबारदेखि अर्को सूचना प्रकाशित नभएकासम्मका लागि स्थगित गरिएको जनाएको छ । अहिले विदेशमा अध्ययनरत विद्यार्थीका लागि भने रोकिएको छैन । त्यस्तै, अन्य देशका लागि पनि तत्काल कुनै निर्णय नगरिएको जनाएको छ ।

प्रकाशित मिति:     ९ बैशाख २०७८, बिहीबार  |    Himali Khabar