चीनले दिएको कोरोना खोप २३ स्थानबाट लगाइने

चीनले दिएको कोरोना खोप २३ स्थानबाट लगाइने

काठमाडौं, २५ चैत । चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप (भेरोसेल) आजबाट लगाइने छ। खोप लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्तिको प्राथमिकीकरण र खोप केन्द्र समेत तोकिसकेको छ।

मन्त्रालयका अनुसार चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउने व्यक्तिहरुको प्राथमिकीकरणसँगै काठमाडौं उपत्यकासहित रसुवा, सिन्धुपाल्चोक, काभ्रे र नुवाकोटमा गरी २३ वटा खोप केन्द्र तोकेको छ।

खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार मन्त्रालयले १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीरव्यक्ति, होटल, ट्रेकिंग, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि फलफुल तरकारी लगायतका व्यापारीलाई खोप लगाउने निर्णय गरेको छ।

यसका साथै खोप लगाउन भन्दै निवेदन दिएका संघ संस्था र यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने व्यक्तिलाई पनि खोप लगाइने सूचीमा राखिएको छ।

प्रकाशित मिति:     २५ चैत्र २०७७, बुधबार  |    Himali Khabar