भारतमा एकै दिन थपिए १ लाख बढी कोरोना संक्रमित

भारतमा एकै दिन थपिए १ लाख बढी कोरोना संक्रमित

काठमाडौं, २३ चैत । भारतमा एकै दिन १ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३ हजार ५५८ नयाा संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भरतमा आएको कोरोनाको दोस्रो लहरपछि एकैदिन थपिएको यो धेरै संख्या हो। यसअघि गत सेप्टेम्बर १६ मा ९७ हजार ८६० संक्रमित थपिएका थिए। भारतमा कोरोना संक्रमणको अवस्था विकराल बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ।

प्रकाशित मिति:     २३ चैत्र २०७७, सोमबार  |    Himali Khabar