सन्जिव गुरुङ
विगत लामो समयको कालखण्डपछि आजको समय र समाजलाई राम्रोसँग हेर्ने हो भने विकसित राष्ट्र होस् या अविकसित राष्ट्र हरेक देशमा आफ्नै नीति आफ्नै ताल र आफ्नै घमण्ड देखिन्छ । शक्ति सम्पन्न रूपमा उदाएका अमेरिका, चीन होस या रसिया आणविक रूपमा सफल भनिएका उत्तर कोरिया होस् या इरान भारी जनसङ्ख्या भएका भारत होस् या इन्डोनेसिया महादेशको हिसाबले छुट्टिएका अफ्रिका होस् या युरोप या त अस्ट्रेलिया सम्पूर्ण मानव बस्तीमा राज गरिरहेका केही व्यक्तिहरूको आफ्नै दम्भ छ । जसरी जुन तरिकाबाट हेरे पनि ती भूमिहरूमा समाजका मानव प्राणीहरू स्वार्थ पूरा गर्न बिहानदेखि बेलुकासम्म दिन र रात दुवै समयमा भागदौड देखिन्छ ।
यही सत्यतालाई नजिकबाट हेर्ने हो भने हरेक विकसित राष्ट्रबाट सुरु भएको मानव जातिलाई जातीय घेरा धर्मको घेरा धनी गरिबको घेरामा वर्गीकरण गरी र पछिल्लो समय काल्पनिक शिक्षाबाट आर्जित ज्ञानलाई पनि बहुमूल्य ज्ञानको घेरा बनाई समाजमा मानव जातिमा विभेद आएको देखिन्छ। यसबाट आज देखिएका नयाँ पुस्ता विनाशको बाटोमा गएको पक्कै देखिन्छ आज टेक्नोलोजीले सागुरिएको समाज मानसिक रूपमा झनै सागुरो भएको देखिन्छ। एक आपसमा आत्मियता माया सद्भाव विश्वास टुटेको देखिन्छ एकअर्काबीच भरोसा नभएको देखिन्छ। यसैको उदाहरण नेपाल भूमिमा देखिएको राजनीतिक उथलपुथलले गर्दा आज समाजमा राजनीतिक ध्रुवीकरण भएसँगै आम सर्वसाधारणमा पनि फाटो आएको देखिन्छ यही फाटो सँगसँगै जातिको नाममा लडाई धर्मको नाममा लडाई पहिचानको नाममा लडाई गरि देशलाई अशान्ततिर धकल्न आजको पुस्ता तल्लिन देखिन्छ । सर्वसाधारणलाई दमन गर्न राजनीतिक दल देशका नीतिका तहहरू नीतिका पालकहरूलाई दमन गर्न आम सर्वसाधारणहरू सम्पूर्ण वल लगाई लडन भिडन तल्लिन देखिन्छ। यसले गर्दा आज समाज रित्तिएको मात्र होइन आज हाम्रो सोच विचार मानसिकतामा समेत कालो पर्दा पक्कै लागेको आज सामन्ती सोच भएकाहरूबाट राज्य सत्तामाथि हालीमुहाली हुनु घमण्ड ईर्ष्या अहमता र दम्बको राजनीति समाजमा देखिनु आज देखिएका सामाजिक हिंसा दङ्गा भ्रष्टाचार बलात्कार जस्ता जघन्य अपराधहरू यसका ज्वलन्त उदाहरण हुन् सत्तामा बसेकाहरू नीतिका तहमा रहेका उच्च पदस्थ कर्मचारीहरू आफ्नो स्वार्थ पूरा गर्न चाकडी गर्दै सेवा र सुविधा लिन मात्र तल्लिन देखिन्छ ।
यसबाट समाज समाजको पुस्ता अन्धकारको बाटोमा गएको सत्य छ आज कसैको उक्साहटमा दौडिएको समाज सोझा साझालाई भर्र्याङ बनाई राज्य सत्तालाई कब्जा गरी आफ्नो स्वार्थ पूरा गर्न तल्लिन देखिन्छ। आज नयाँ पुस्तामा राजनीतिक र मानसिक चेतना नहुँदा समाज अझ अध्यारो बाटोतिर धकेलिएको पक्कै हो। पुरानो समयमा स्थापित विचारहरू आज नयाँ पुस्तामा मागी खाने बाटो बनेको छ त्यही स्वणीम विचारहरूलाई आजको नयाँ पुस्ता मा आबद्ध राजनीतिक दलहरूले स्वार्थ पूरा गर्ने ज्ञानको रूपमा लिएको देखिन्छ। यसबाट यस समयका पुस्ता नै अत्यन्तै दुखी र निराश देखिन्छ यसैको उदाहरणहरू समाजमा छोराबाट आमाबाउ मारिनु श्रीमानबाट श्रीमती मारिनु श्रीमतीबाट श्रीमान मारिनु बाउआमाबाट छोराछोरी मारिनु बाउबाट छोरी बलात्कार छोराले आमा बलात्कार दाजु ले वहीनी बलात्कार-आफै बन्द कोठाभित्र आत्महत्या गर्नु आज यो समाजमा देखिएको उदासीनता हो स्वार्थ, लोभ हो,पाप हो,मोह हो। आज यही कुरालाई नजिकबाट हेर्ने हो भने देशमा उदाएका राजनीतिक दलहरू देश र जनताप्रति उत्तरदायी नभएको प्रष्ट देखिन्छ देशमा सरकार नभएको प्रष्ट देखिन्छ नीतिगत तहहरू नभएको प्रष्ट देखिन्छ र यहाँ सामन्ती र दलालीहरूको महाराज छ भन्ने प्रष्ट देखिन्छ अब सम्पूर्ण न्यायप्रेमी जनताहरू एकबद्ध ढङ्गले सचेत भई राष्ट्रहित र राष्ट्र निर्माणमा एकबद्धता जनाई एकै ठाउँमा उभि मानव जात र मानव धर्मको रक्षा गर्ने बेला भएको छ हामी मानव जातका हौँ र हाम्रो धर्म मानव धर्म हो। यो भाष्य समाजमा गुन्जिन अत्यन्तै आवश्यक भइसकेको छ। हिजोका दिनहरूमा केही राम्रो कुरा भेटाइहाल्यो। कुनै कुरा देखिहाल्यो भने भन्ने गरिन्थ्यो वाउ ढुङ्गा खोज्दा देउता मिल्यो आज त्यही भनाइको ठिक उल्टो भएको छ अहिले देवता खोज्दा ढुङ्गा मिल्न थालेको छ। सचेत भई मानव जात र मानव धर्मको पालना गरौं।