श्रीलंकामा कानुन तोड्नेलाई देख्नासाथ गोली हान्ने आदेश

श्रीलंकामा कानुन तोड्नेलाई देख्नासाथ गोली हान्ने आदेश

काेलम्बाे। श्रीलंकामा सरकार विरोधी हिंसात्मक प्रदर्शन साम्य पार्न सुरक्षाकर्मीलाई कानुन तोड्ने जोकोहीलाई देख्नासाथ गोली हान्ने आदेश दिइएको छ ।

श्रीलंकाको इतिहासमै पहिलो पटक देखिएको सबैभन्दा विकराल आर्थिक समस्यालाई लिएर प्रदर्शनकारीहरूले राष्ट्रपति गोतावाया राजपाक्षेको राजीनामा मागिरहेका छन् ।

प्रहरी र प्रर्दशनकारीहरूबीच सडकमा हिंसात्मक भिडन्त भएपछि सोमबार उनका दाजु महिन्दा राजपाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर प्रधानमन्त्रीको राजीनामाले पनि स्थितिलाई शान्त पार्न सकेन । रातभरि पनि हिंसा जारी रहेको थियो ।

तसर्थ मंगलबार सरकारले सार्वजनिक सम्पत्ति लुटपाट गर्ने वा कसैको जीवनमा खतरा पु¥याउन खोज्ने जोकोहीलाई पनि देख्नासाथ गोली हान्न सेनालाई आदेश दिएको हो ।

यसैबीच राजधानी कोलम्बोका सडकहरूमा गस्ती गर्न सरकारले दसौँं हजारको सङ्ख्यामा स्थल, जल र हवाई सेनाका फौज परिचालन गरेको छ ।

प्रकाशित मिति:     २८ बैशाख २०७९, बुधबार  |    Himali Khabar