भारतका प्रधानमन्त्री मोदी जेठ २ मा नेपाल आउने

भारतका प्रधानमन्त्री मोदी जेठ २ मा नेपाल आउने

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यूनेस्कोको निम्तो मान्न आगामी २ जेठमा गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् । मोदी नेपाल आउने निश्चित भए पनि सार्वजनिक घोषणा हुन भने बाँकी नै छ । औपचारिक घोषणा नभए पनि सरकारले उनको भ्रमणको तयारी भने गरिरहेको छ ।

बुद्ध जयन्तीका अवसरमा संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले २ जेठमा लुम्बिनीमा आयोजना गर्नेे विशेष कार्यक्रममा मोदी सहभागी हुनेछन् । स्रोतका अनुसार मोदी समकक्षी प्रधानमन्त्री शेरबहादुर देउवासँगै लुम्बिनीमा आयोजना हुने यूनेस्कोको उक्त कार्यक्रममा सँगै सहभागी हुने भए पनि काठमाडौं आउने कार्यतालिका भने छैन ।

प्रकाशित मिति:     २३ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar