अप्रिलमा ५८,३८४पर्यटक नेपाल आए

अप्रिलमा ५८,३८४पर्यटक नेपाल आए

काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक सच्याएको छ । बोर्डले अप्रिल महिनामा ३५ हजार ८७१ जना पर्यटक आएको भन्दै तथ्यांक सार्वजनिक गरेको थियो । त्यसलाई सच्याउँदै पर्यटक आगमन ५८ हजार ३८४ पुगेको बताएको छ ।

अघिल्लो तथ्यांकमा भारतीय पर्यटक नजोडिएको भन्दै बोर्डले मिडिया सेन्टरबाट नयाँ अपडेट सार्वजनिक गरेको हो । बोर्डका अनुसार यो संख्या भने कोरोना महामारी यताकै बढी हो । मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार एक महिनाको अवधिमा भारतबाट मात्र २२ हजार ४७७ जना पर्यटक नेपाल आएका थिए । सो संख्या सहित कुल आगमन ५८ हजार ३४८ पुगेको छ । सन् २०२१ को अप्रिलमा २२ हजार ४ सय ५० पर्यटक आएको समेत तथ्यांक बोर्डले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति:     २० बैशाख २०७९, मंगलवार  |    Himali Khabar