काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघले आगामी वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको छ।
हिजोको बैंकर्सबीच ब्याज नबढाउने निर्णय भएसँगै अब ११.०३ प्रतिशतको ब्याजले निरन्तरता पाउनेछ। पछिल्लो समय तरलताको अभाव हुन थालेसंगै बैंकहरुले निक्षेप आकर्षित गर्न हरेक महिना जस्तो निक्षेपको व्याजदर बढाउदै आएका छन् ।