कोरोना बीमामा १३ अर्ब १४ करोड दाबी, सरकारको भागमा साढे ९ अर्बको दायित्व

कोरोना बीमामा १३ अर्ब १४ करोड दाबी, सरकारको भागमा साढे ९ अर्बको दायित्व

काठमाडौं । कोरोना बीमामा कुल १३ अर्ब १४ करोड १७ लाख ३१ हजार रुपैयाँको बीमा दाबी परेको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अनुसार असार अन्तिम दिनसम्म बीमा कम्पनीहरूमा १ लाख १७ हजार ७ सय ५४ दाबी परेको छ ।

समितिले २०७६ वैशाखदेखि ७ देखि कोरोना बीमालेख जारी गरेको थियो ।

हालसम्म १ अर्ब ५ करोड ५ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन भएको छ भने
साढे ४ अर्बको हाराहारीमा दाबी भुक्तानी भएको छ । पछिल्लो समय सरकारले आफ्नो दायित्व वपतको रकम नदिएपछी बीमा कम्पनीहरूले दाबी भुक्तानी रोकेका छन् ।

तत्कालीन सरकारले कोरोना बीमाको दायित्व सरकारले पनि बेहोर्ने बताएको थियो । सोहीअनुसार कोरोना बीमामा साढे ३ अर्ब माथिको दाबी भुक्तानी सरकारले नै बेहोर्ने गरी मापदण्ड बनाइएको छ । सो अनुसार सरकारले कोरोना बीमाको भुक्तानीका लागि साढे ९ अर्बभन्दा बढी रकम निकासा गर्नुपर्ने छ ।

प्रकाशित मिति:     १९ श्रावण २०७८, मंगलवार  |    Himali Khabar