ललिता निवास प्रकरणमा फरार रहेका विजयकुमार गच्छदार अदालतमा हाजिर

ललिता निवास प्रकरणमा फरार रहेका विजयकुमार गच्छदार अदालतमा हाजिर

काठमाडौं । ललिता निवास प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार अदालतमा हाजिर भएका छन्। फरार रहेका उनी आज अदालतमा हाजिर भएका हुन्। अदालतमा उनको बयान हुने छ। त्यसपछि थुनछेक हुनेछ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यीमध्ये पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी, छविराज पन्त हाजिर भएका छन्। विशेषले जोशीलाई साधारण तारेखमा रिहा गर्‍यो भने पन्तसँग पाँच लाख धरौटी माग गरेको थियो। तर गच्छदार भने फरार थिए।

प्रकाशित मिति:     ३० असार २०७८, बुधबार  |    Himali Khabar