सरकारले नुनको भाउ किलोको ६ रुपैयाँ बढायाे

सरकारले नुनको भाउ किलोको ६ रुपैयाँ बढायाे

काठमाडौं । सरकारले नुनको भाउ बढाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको भाउ किलोको ६ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

८ वर्षपछि नुनको भाउ बढाएको हो । यसअघि २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ प्रतिकेजी पुर्‍याइएको छ ।

थोक मूल्य प्रतिकिलो रहेको आयो नुनको अब थोक बिक्री मूल्य २३ रुपैयाँ पुर्‍याइएको छ ।

प्रकाशित मिति:     १९ असार २०८१, मंगलवार  |    Himali Khabar