नाट्टाको अध्यक्ष र महासचिव पदमा निर्वाचन हुने, कुन पदमा कसको उम्मेदवारी (सूचीसहित)

नाट्टाको अध्यक्ष र महासचिव पदमा निर्वाचन हुने, कुन पदमा कसको उम्मेदवारी (सूचीसहित)

काठमाडौं । टूर एन्ड ट्राभल व्यवसायीहरुको छाता संगठन नेपाल टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्षमा कुमारमणी थपलिया र प्रमोद दाहालले उम्मेदवारी दर्ता गराएका छन् । नाट्टाको ५७ औं बार्षिक साधारण सभा एवम् नयाँ कार्यसमिति चयनका लागि जेठ २५ मा निर्वाचन हुँदैछ ।

त्यस अनुसार हिजो मनोनयन दर्ता गराएका हुन । जसमा अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको हो । थपलिया वर्तमान कार्यसमितिका महासचिव हुन भने दाहाल वरिष्ठ उपाध्यक्ष हुन ।

यस्तै महासचिवमा युविका भण्डारी र अमृत ढकालले मनोनय दर्ता गराएका छन् । भण्डारी थपलिया र ढकाल दाहाल प्यानलबाट उम्मेदवार बनेका हुन ।

थपलिया प्यानलबाट वरिष्ठ उपाध्यक्षमा जिस्वान तुलाधर श्रेष्ठ, उपाध्यक्षमा धनश्याम घिमिरे, सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाईं र सहकोषाध्यक्षमा ढकनाथ काफ्लेको मात्रै उम्मेदवारी परेको छ । उहाँहरु निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

यस्तै सदस्यमा थपलिया प्यानलबाटै रामसोविभत नायक, श्रद्धा जोशी, सुदर्शन पौडेल, कृष्णा ढकाल, विदुर खतिवडा, रमा प्याकुरेल, विजय बराल र कृष्णा ढकालको उम्मेदवारी परेको छ । सदस्यमा दाहाल प्यानलबाट दिनेश मैनाली र सुदर्शन गजुरेल दुई जनाको मात्रै परेको छ।

नाट्टामा १७ सदस्यिय कार्यसमिति रहने व्यवस्था छ । त्यसमा पन्ध्र जना निर्वाचित र २ जना मनोनित हुने व्यवस्था छ ।

प्रकाशित मिति:     १९ जेष्ठ २०८१, शनिबार  |    Himali Khabar