पर्यटन बोर्डको सदस्यमा सापकोटा, भण्डारी र लामा नियुक्त

पर्यटन बोर्डको सदस्यमा सापकोटा, भण्डारी र लामा नियुक्त

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको संचालक समिति सदस्यमा तीनजना सदस्यलाई नियुक्त गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बोर्डमा रिक्त तीन सदस्य पदमा रामप्रसाद सापकोटा, ऋषिराम भण्डारी र राजेन्द्र लामालाई नियुक्त गरेको हो ।

पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा गठित बोर्ड सदस्य छनोट तथा सिफारिस समितिले मंगलबार ५ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

समितिले पर्यटन व्यवसायी अभिषेक विक्रम शाह, अम्बर जंग गुरुङ ्, राजेन्द बहादुर लामा, ऋषी भण्डारी र राम प्रसाद सापकोटालाई अन्तिम ५ मा सिफारिस गरेको थियो ।

०८० माघ २२ गते आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्दै उपाध्यक्ष समेत रहेका चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शाह र नवाङ मिया शेर्पा बोर्डबाट बाहिरिएसँगै पर्यटन बोर्डमा तीन जना सदस्यको पद रिक्त हुन पुगेको थियो । यसले पूर्णता पाएसँगै अब रिक्त उपाध्यक्ष पदमा अब नियुक्ती हुनेछ ।

प्रकाशित मिति:     १५ चैत्र २०८०, बिहीबार  |    Himali Khabar