२७ हिमाल व्यवस्थापनको जिम्मा पुन ः एनएमएलाई

२७ हिमाल व्यवस्थापनको जिम्मा पुन ः एनएमएलाई

काठमाडौं । सरकारले २७ वटा हिमालको व्यवस्थापन गरिरहेको नेपाल पर्वतारोहण संघको अधिकार नवीकरण गरेको छ । मन्त्रिपरिषद् बैठकले अघिल्लो महिना २७ हिमालको व्यवस्थापनको अधिकार नेपाल पर्वतारोहण संघलाई नै दिने गरी अधिकार नवीकरण गरेको हो ।

यो नवीकरणको अवधि ५ वर्षको हुने छ । यसअघि २०७५ सालमा सरकारले २७ वटा हिमालको व्यवस्थापनको अधिकार संघलाई दिएको थियो । चुली इस्ट, हिउँचुली, मेरापिक, लोबुजेलगायतका हिमाल प्रवर्द्धनसँगै रोयल्टी संकलनको काम समेत अहिले संघले गर्दै आएको छ ।

संघले अग्ला हिमालहरु चढ्नु अघि तालिमका रुपमा प्रयोग गर्न सकिने सानो उचाइका हिमालहरुलाई व्यवस्थापन गर्दै आइरहेको छ । संघले सरकारसँग थप हिमाल समेत व्यवस्थापनमा दिन माग गर्दै आएको थियो ।

प्रकाशित मिति:     १९ पुष २०८०, बिहीबार  |    Himali Khabar