स्मार्ट लाइसेन्स पर्खनेको संख्या १४ लाखभन्दा बढी

स्मार्ट लाइसेन्स पर्खनेको संख्या १४ लाखभन्दा बढी

काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ ठप्प भएको तीन महिनापछि बल्ल यातायात व्यवस्था विभागले मास प्रिन्टर खरिदको प्रक्रिया अगाडि बढाएको छ। विभागले ४१ करोड रुपैयाँको लागतमा स्मार्ट कार्ड र मास प्रिन्टर खरिद गर्न टेण्डर आह्‍वान गरेको छ।

विभागले १५ लाख स्मार्ट कार्ड र मास प्रिन्टर खरिद गर्न लागेको हो । स्मार्ट कार्ड र मास प्रिन्टर खरिदका लागि इच्छुक कम्पनीहरुलाई टेण्डरमा भाग लिन ४५ लिनको समय दिएको छ।

नयाँ प्रिन्टर खरिदपछि आवश्यकताअनुसार छपाउन सकिने र सेवाग्राहीले तुरुन्तै स्मार्ट लाइसेन्स पाउने बताइएको छ ।

प्रकाशित मिति:     १२ मंसिर २०८०, मंगलवार  |    Himali Khabar