सन् २०२३ मा नेपालको आर्थिक वृद्धि ०.८ प्रतिशतमा सीमित हुने

सन् २०२३ मा नेपालको आर्थिक वृद्धि ०.८ प्रतिशतमा सीमित हुने

काठमाडाैं। सन् २०२३ मा नेपालको आर्थिक वृद्धि ०.८ प्रतिशतमा सीमित हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले उल्लेख गरेको छ। गत अप्रिलमा आइएमएफले सन् २०२३ मा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने प्रक्षेपण गरेकोमा त्यसलाई घटाएको हो।

सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशतमा सीमित हुने नयाँ प्रक्षेपण गरेको छ। गत अप्रिलमा गरेको प्रक्षेपण अनुसार नेपालको आर्थिक वृद्धि सन् २०२४ मा ५.१ प्रतिशत हुने मानिएको थियो।

समग्र एसियामा भने आर्थिक वृद्धिमा सुधार भइरहेको र यसको लाभ विश्व आर्थिक वृद्धिमा पनि देखिने आइएमएफले उल्लेख गरेको छ। तरपनि एसियाको वृद्धिदर सुस्त भइरहेको छ।

प्रकाशित मिति:     २७ आश्विन २०८०, शनिबार  |    Himali Khabar