फूलपातीको अघिल्लो दिनदेखि टीकाको भोलिपल्टसम्म मालवाहक गाडी चलाउन नपाइने

फूलपातीको अघिल्लो दिनदेखि टीकाको भोलिपल्टसम्म मालवाहक गाडी चलाउन नपाइने

काठमाडौं । दसैंको सष्टी अर्थात् फूलपातीको अघिल्लो दिनदेखि टीकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले बुधबार सरोकारवाला निकायसँग छलफल गर्दै दसैंको यातायात सु–व्यवस्था तथा सडक सुरक्षाका लागि भन्दै सष्टीदेखि एकादशी (दसैंको टीकाको भोलिपल्ट) सम्म मालवाल गाडी सञ्चालनमा रोक लगाउने निर्णय हो ।

दसैंका समयमा बढ्ने सार्वजनिक यातायातको चाप र सडक सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । तर, अत्यावश्यक खाद्यान्न लगायतका ढुवानीका साधनहरुलाई पनि नरोकिने विभागले जनाएको छ ।

प्रकाशित मिति:     २३ भाद्र २०७९, बिहीबार  |    Himali Khabar