आर्थिक गतिविधि चलायमान राख्नुपर्छ – राष्ट्र बैंक

आर्थिक गतिविधि चलायमान राख्नुपर्छ – राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति (फलोअप) सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। सर्वेक्षणले २०७७ असारको तुलनामा वैशाख २०७८ मा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यवसायिक कारोबारमा उल्लेख्य सुधार आएको देखाएको छ।

गत असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको भएपनि २०७६ फागुनको अवस्थामा भने उद्योग/व्यवसायहरु फर्कि नसकेको जनाएको छ।
तर, दोस्रो फलोअप सर्वेक्षण गरिसक्दा कोरोनाको दोस्रो लहरका कारण अधिकांश जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले अर्थतन्त्र पुन: प्रभावित हुने अवस्था आएको जनाएको छ। राष्ट्र बैंकले कोभिड-१९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु चलयामान बनाउन आवश्यक रहेको जनाएको छ।

राष्ट्र बैंकले कोभिड-१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरुबाट तथ्यांक संकलन गरेर प्रतिवेदन सार्वजनिक गरेको थियो।

प्रकाशित मिति:     ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar