काठमाडौंमा फेरी ‘नो हर्न’ अभियान

काठमाडौंमा फेरी ‘नो हर्न’ अभियान

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि फेरी ‘नो हर्न’ अभियान शुरू भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेजसँगको सहकार्यमा उक्त अभियान सञ्चालन गरिएको हो ।

अभियानमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह नो हर्न अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको जानकारी दिइएको छ। यसअघि २०७४ साल बैशाखबाट ‘नो हर्न’ सुरु गरिएपनि पछिल्लो समय यसलाई उल्लंघन गर्नेहरु बढेका छन् ।

प्रकाशित मिति:     २२ श्रावण २०७९, आईतवार  |    Himali Khabar