इन्धनको मूल्य घटेलगत्तै सार्वजनिक सवारीको भाडा घट्यो

इन्धनको मूल्य घटेलगत्तै सार्वजनिक सवारीको भाडा घट्यो

काठमाडौं । सरकारले इन्धनको मूल्य घटाएसँगै सार्वजनिक सवारीको भाडा पनि घटाएको छ। यातायात व्यवस्था विभागले शुक्रबारदेखि नै लागु हुने गरि सार्वजनिक सवारीको भाडा घटाएको हो।

विभागका आनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत भाडा घटाइएको छ। त्यस्तै मालबाहक सवारीमा पहाडी बाटोतर्फ २.६ प्रतिशत र तराईतर्फ २.९ प्रतिशत भाडा घटाइएको हो।

समायोजन भएको भाडादर अन्तर प्रदेशमा सञ्चालन हुने सवारीमा लागु हुने विभागले जनाएको छ। इन्धनको मूल्यअनुसार अहिले स्वचालित भाडादर लागु हुने व्यवस्था गरिएअनुसार मूल्य घटेको हो।

प्रकाशित मिति:     २० जेष्ठ २०७९, शुक्रबार  |    Himali Khabar