गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको यसअघिको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले मंगलवार अल्पकालिन अन्तरिम आदेश दिएको हो। अधिकारीले दिएको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उक्त आदेश दिएको हो। उक्त इजलासले वैशाख १३ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

न्यायाधीश फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै गभर्नरमाथि अनुसन्धान गर्न जाँचबुझ समिति गठन गर्ने मन्त्रिपरिषदको निर्णय र सो निर्णयका आधारमा अर्थ मन्त्रालयले गभर्नरलाई गरेको पत्राचार कार्यान्वयन नगर्न आदेश दिएको हो ।

प्रकाशित मिति:     ६ बैशाख २०७९, मंगलवार  |    Himali Khabar