विवाह नगरी बसेका एकल महिलालाई अब ६० वर्षमा मात्र भत्ता

विवाह नगरी बसेका एकल महिलालाई अब ६० वर्षमा मात्र भत्ता

काठमाडौं । विवाह नगरी बसेका ४० वर्ष नाघेका एकल महिलालाई दिने भनिएको असहाय एकल महिला भत्ताको पुरानो व्यवस्थालाई खारेज गर्दै सरकारले सामाजिक सुरक्षा ऐन संशोधनका लागि भन्दै नयाँ अध्यादेश जारी गरेको छ।

सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ मा केपी शर्मा ओली सरकारले गरेको व्यवस्थामा संशोधन गरेको हो।

केपी शर्मा ओलीले २०७८ वैशाख २१ गते जारी गरेको सामाजिक सुरक्षा अध्यादेश २०७८ मा विधवा, सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, न्यायीक पृथीकरण गरी बसेका वा ४० वर्षको उमेरसम्म विवाह नगरी बसेको महिलालाई असहाय एकल महिल भत्ता दिने व्यवस्था गरिएको थियो।

प्रकाशित मिति:     १ बैशाख २०७९, बिहीबार  |    Himali Khabar