तीन एआएइजी बढुवाकाे सिफारिस लाेकसेवाद्वारा सदर

तीन एआएइजी बढुवाकाे सिफारिस लाेकसेवाद्वारा सदर

काठमाडौं । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बढुवा सिफारिस गरेका तीनै जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गर्न सरकारलाई बाटो खुलेको छ ।

लोक सेवा आयोगले वरिष्ठताका आधारमा बढुवा सिफारिस नभएको भन्दै आयोगमा परेको उजुरी खारेज गर्दै डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धिरजप्रताप सिंहको बढुवा सिफारिस सदर गरेको हो ।

आयोगबाट सिफारिस सदर भएसँगै सरकारलाई बढुवाको बाटो खुलेको छ ।

प्रकाशित मिति:     १७ चैत्र २०७८, बिहीबार  |    Himali Khabar