निर्वाचन सामग्री ढुवानीका लागि पाँच हेलिकोप्टर कम्पनी सूचीकृत

निर्वाचन सामग्री ढुवानीका लागि पाँच हेलिकोप्टर कम्पनी सूचीकृत

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको समयमा आवश्यक निर्वाचन सामग्री ढुवानीका लागि ५ वटा हेलिकोप्टर कम्पनी सूचीकृत गरेको छ।

आयोगले अब यीनै पाँच वटा कम्पनीमध्ये सस्तोमा सामग्री ढुवानी गर्नेसँग निर्वाचन सामग्री ढुवानी गर्ने छ। आयोगले सवारी साधनबाट ढुवानी गर्न नसक्ने ठाउँमा हेलिकोप्टर मार्फत सामान ढुवानी गर्ने छ।

आयोगले कैलाश हेलिकोप्टर, फिस्टेल हेलिकोप्टर, श्री एयरलान्स, अल्टिच्युट एयर र मनाङ एयर हेलिकोप्टर कम्पनी सूचीकृत गरेको छ।

यसैगरी आयोगले ट्रक तथा कन्टेनर सेवा तर्फ ढुवानीका लागि १३ वटा कम्पनी सूचीकृत गरेको छ।

प्रकाशित मिति:     ५ चैत्र २०७८, शनिबार  |    Himali Khabar