सार्वजनिक जग्गा हडपेका २० जनाविरुद्ध मुद्दा

सार्वजनिक जग्गा हडपेका २० जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सार्वजनिक जग्गा हडपेको आरोपमा २० जनाविरुद्धमुद्दा दायर गरेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्रावि व्यवस्थापन समितिबाट निर्णय गराएर २० मध्ये १३ जनाले सार्वजनिक जग्गा भोगचलन गरेको अनुसन्धानबाट खुलेकाे अख्तियारले जनाएकाे छ ।

जग्गा भोगचलन भएको करिब २७ वर्षपछि सोमबार विद्यालयका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ र तत्कालिन प्रध्यानाध्यापक यामबहादुर ठकुरीविरुद्ध आरोप पत्र दायर गरिएकाे अख्तियारका प्रवक्ता वेदप्रसाद भण्डरीले बताए ।

उनका अनुसार अख्यितारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र जग्गा लिने समेतलाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

स्थानीय शरणबहादुर विक, बलराम बानियाँ, बिनिबहादुर बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ, सन्तबहादुर सिंजाली मगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल र पूर्णबहादुर विकलाई प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति:     १ चैत्र २०७८, मंगलवार  |    Himali Khabar