काठमाडौं । आगामी निर्वाचनमा मतपत्रमा चुनाव चिह्न हरियो रंगको हुने भएको छ । निर्वाचन आयोगले अबको मतपत्रमा निर्वाचन चिह्न हरियो रङको हुने बताएको हो ।
सोमबार आयोगले अगामी स्थानीय निर्वाचनको तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले निर्वाचनसम्बन्धी छपाई सामग्रीहरु निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरु र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचिकृतका लागि सार्वजनिक सूचना गरिएको बताए ।