काठमाडौं । १८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ । आइतबार प्रहरी प्रधान कार्यालयले १८ जना एसपीको सरुवा गरेको हो ।
कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, गोविन्द थपलिया, डा. मनोज कुमार केसी, तुलबहादुर कार्की, दयानिधि ज्ञवाली, दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, बीरबहादुर ओली, रविन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनालको सरुवा भएको छ ।