युरोपियन युनियनद्धारा रुसका उडानमाथि प्रतिबन्ध

युरोपियन युनियनद्धारा रुसका उडानमाथि प्रतिबन्ध

काठमाडौं । युरोपियन युनियनले सबै युरोपियन देशका आकासमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिएका हुन् । उनले रुसका सबै प्रकारका उडानहरुलाई बन्द गराइएको आइतबार विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

उनले भनेका छन्– हामीले रुसका सबै प्रकारका उडान, रुसी एयरलाइन्सका जहाजहरु र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियन देशका आकाशमा बन्द गराएका छौँ । रुसी सैनिक अपरेसनका कारण धेरै विमानहरु एडेका र ती विमान युक्रेनमा हमला गर्नका लागि पुगेका भन्दै त्यसमा प्रतिबन्ध लगाइएको उनले बताएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेको आज पाँचौँ दिन पनि रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । राजधानी किभका सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ । यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar