खोप किन्न विश्व बैंकसँग २ अर्ब १४ करोड ऋण

खोप किन्न विश्व बैंकसँग २ अर्ब १४ करोड ऋण

काठमाडौं । नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले सम्झौतामा हस्ताक्षर गरे।

उक्त ऋण कोभिड-१९ विरुद्धको खोप खरिदका लागि उपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:     १३ फाल्गुन २०७८, शुक्रबार  |    Himali Khabar