काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारको दोहा उड्न लागेको नेपाल एयरलायन्सको विमानमा पासपोर्ट, भिसाबिनै एक व्यक्ति पुगेको घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।
शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै अध्यागमन विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठान गरेको हो ।
मन्त्रालयले विमानस्थलको सुरक्षा व्यवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुरक्षाका उपायहरु सम्बन्धमा कार्य आरम्भ गरेको मितिले सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन समेत दिएको छ ।